नेपाल टेलिकमद्वारा ५ प्रदेशका ११ जिल्लामा १३ नयाँ २जी-४जी टावर सञ्चालन

डिसी नेपाल
६ असोज २०८३ १०:२२

काठमाडाैं। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले २०८३ सालको भाद्र महिनामा देशका विभिन्न १३ स्थानमा नयाँ २जी तथा ४जी मोबाइल साइट (टावर) सञ्चालनमा ल्याएको छ

दूरसञ्चार सेवाको पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ५ वटा प्रदेशका ११ जिल्ला समेटिने गरी यी टावरहरू सञ्चालनमा ल्याइएको हो

टेलिकमका अनुसार बागमती प्रदेशको ललितपुरस्थित वडा नं. ३ कार्यालय र च्याउँ डाँडा तथा चितवनको मोहनपुरमा नयाँ टावर सञ्चालनमा आएका छन्। त्यसैगरी गण्डकी प्रदेशको नवलपुरस्थित पोखरी डाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा सेवा विस्तार गरिएको छ

लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सी माइन क्षेत्रमा पनि नयाँ साइट स्थापना गरी सेवा सुचारु गरिएको छ

कर्णाली प्रदेशका जुम्लास्थित कनकासुन्दरी र सुर्खेतको जुम्ला रोडमा नयाँ टावर सञ्चालनमा आएका छन् भने सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडीमालिका, डडेलधुराको गाङखेत र दार्चुलाको रिठाचौपातामा पनि नयाँ २जी तथा ४जी सेवा विस्तार गरिएको छ

यी नयाँ मोबाइल साइटहरू सञ्चालनमा आएसँगै सम्बन्धित ग्रामीण तथा सहरी क्षेत्रका ग्राहकहरूले नेपाल टेलिकमको भोइस तथा हाई-स्पिड डेटा सेवा थप सहज र प्रभावकारी रूपमा उपभोग गर्न पाउने भएका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *