परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबिच न्युयोर्कमा भेटवार्ता

डिसी नेपाल
६ असोज २०८३ ७:३३

काठमाडौं।  परराष्ट्रमन्त्री शिशिर खनाल र पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीबिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा जारी ८१औँ महासभाका अवसरमा दुई देशका मन्त्रीहरूबिच भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल र पोल्यान्डबिचको विविध पक्ष तथा बढ्दो सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।

साथै, दुवै पक्षबिच आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्दै लैजानेबारे छलफल भएको छ। संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय तथा बहुपक्षीय मञ्चहरूमा नेपाल र पोल्यान्डबिचको सहकार्यलाई अझ प्रभावकारी र सशक्त बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *