परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली संघ (इयु) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ।
राष्ट्रसंघको जारी ८१औँ महासभाका अवसरमा भएको भेटमा नेपाल र युरोपेली संघबिचको साझेदारीका विविध पक्षमा गहन छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि भोटेकोशीमा आएको बिनाशकारी बाढीपछि नेपालले भोगेको कठिन परिस्थितिप्रति इयुका तर्फबाट व्यक्त संवेदना र ऐक्यबद्धताप्रति आभार प्रकट गरे।
सो अवसरमा दुवै पक्षबिच नेपाल र युरोपेली संघबिचको लामो समयदेखिको द्विपक्षीय साझेदारीलाई अझ मजबुत र गहिरो बनाउने प्रतिबद्धता व्यक्त भएको छ।
विशेष गरी जलवायु परिवर्तनका कारण सिर्जित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको उत्थान, पुनरुत्थान, विस्थापितको पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका प्रयासहरूमा आपसी सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा दुवै पक्षबिच सहमति भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment