सुरुङ दुर्घटनाका पीडितको उद्धारमा ढिलाइ राज्यकृत हत्या हो : ज्ञानेन्द्र शाही

डिसी नेपाल
६ असोज २०८३ १५:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही नगरे सत्ता छाड्न सरकारलाई चेतावनी दिएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहीले राष्ट्रिय मानव अधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेको ६ महिना बितिसक्दा पनि दोषीहरू पक्राउ नपर्नुप्रति कडा आपत्ति जनाए।

‘आयोगको सिफारिस आएको आधा वर्ष बितिसक्दा पनि दोषीहरू किन पक्राउ पर्दैनन्? यदि अपराधीलाई समात्न सक्नुहुन्न भने सत्ताको कुर्सीमा बस्ने अधिकार सरकारलाई छैन,’ शाहीले भने।

उनले सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै दलका भए पनि आन्दोलनका दोषीलाई नियन्त्रणमा लिएर जेल हाल्न माग गरे। ‘भोटेकोसी दुर्घटनाका पीडितको उद्धारमा ढिलाइ राज्यकृत हत्या’सम्बोधनका क्रममा नेता शाहीले भोटेकोसी बाढीका कारण सुरुङमा फसेका नागरिकको उद्धारमा राज्यले चरम लापरवाही गरेको आरोप समेत लगाए।

राज्यसँग पर्याप्त स्रोत, साधन र सुरक्षा जनशक्ति हुँदाहुँदै पनि उद्धारमा सात दिनको ढिलाइ हुनु लज्जास्पद भएको उनको भनाइ थियो। ‘समयमै उद्धार हुन सकेको भए बाँच्न सक्ने नागरिकको अकालमा ज्यान गएको छ,’ शाहीले टिप्पणी गर्दै भने, ‘पर्‍याप्त स्रोत-साधन भएर पनि उद्धारमा भएको यो ढिलासुस्ती सामान्य लापरवाही मात्र होइन, राज्यद्वारा गरिएको हत्या हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *