कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री शाहको न्युयोर्क प्रस्थानसँगै उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक तोकेकाे राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। भ्रमण पूरा गरी प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment