कालीगण्डकी नदीको बहाव हेर्दा..

डिसी नेपाल
१२ असोज २०८३ ७:३७

बागलुङ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढी र कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

कालीगण्डकी नदीले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका-४ ढोडेनीमा गरिरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले घटनाबारे पुष्टि गर्दै जानकारी दिए ।

यसैबीच, बागलुङमा वर्षापछि आएको पहिरोका कारण मानवीय क्षति थप बढेको छ । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने एक जना अझै बेपत्ता छन् ।

प्रहरी प्रमुख प्रसाईंका अनुसार आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा पुरिएर चार जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् भने निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । यसअघि शनिबार पनि पहिरोमा परी एक जनाको मृत्यु भएको थियो । दुई दिनदेखिको लगातारको वर्षाले जिल्लाभर ठूलो जनधनको क्षति पुर्‍याएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *