रसुवामा भोटेकोशीको बाढीले बेलिब्रिज बगायो
सांकेतिक तस्बिर
रसुवा । रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले बेलिब्रिज बगाएको छ। भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
हिजो राति तिब्बती क्षेत्रबाट नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले डिसी नेपाललाई बताए । नेपालमा ठुलो वर्षा नभएपनि तिब्बती क्षेत्रमा भारी वर्षा भएकाले नदीमा बाढी आएको हो।
रसुवाको उत्तरगया गाँउपालिका-१ मैलुङ र ५ को खाल्टे बगर क्षेत्रका भूकम्पबाट विस्थापित बासिन्दासमेत समयमै सूचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति हुन पाएन, भण्डारीले भने।
बाढीको पानी भन्सार र्याडसम्म पुग्न लागेपछि त्यहाँ रहेका सवारी साधन भने सुरक्षित स्थानमा सारिएको छ। भोटेकोशीमा बाढीको बहाव राति बढेको भएपनि अहिले सामान्य अवस्थामा फर्किएको प्रजिअ भण्डारीले बताए।







डिसी नेपाल








Facebook Comment