कांग्रेस मुख्यसचिव पौडेलको राजीनामा स्वीकृत

डिसी नेपाल
२१ माघ २०८२ १७:१३
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन्। पौडेलले यही माघ ८ गते पदबाट राजीनामा दिएका थिए।

२०७३ वैशाख २७ गतेदेखि नेपाली कांग्रेसको मुख्यसचिव पदमा रही पार्टीको विधान, नियमावली तथा नीतिअनुसार जिम्मेवारी निर्वाह गरेका पौडेलप्रति सभापति थापाले पार्टी र व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

कांग्रेसको विधान २०१७ (संशोधनसहित), नियमावली २०७६ तथा कर्मचारी विनियमावली २०७९ बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई का.वा. मुख्यसचिवको जिम्मेवारी तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *