मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
१३ असोज २०८३ ६:३५

काठमाडौं।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव परेको छ।

हाल देशका हिमाली भूभागमा आंशिक बदली रही पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका हिमाली भूभागका एक-दुई स्थानमा तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *