भ्याली पब्लिक र बीएनए सेमिफाइनलमा

डिसी नेपाल
२ भदौ २०७६ २०:२९

काठमाडौं। भ्याली पब्लिक र बीएनए पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले हिमालयलाई १५–१० तथा बीएनएले एक्सेल्सियरलाई १२–१० ले पराजित गरे । ग्रिनल्यान्ड पनि ग्रामरलाई २१–२० को साँघुरो अन्तरले हराउदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा ग्रिनल्यान्डको भेट बीएनएसंग हुनेछ भने भ्याली पब्लिकले युलेन्सको सामना गर्नेछ ।

जुनियर ब्वाइजमा सेबले रेडिअन्टलाई १२–९, बीएनएले लालीगुराँसलाई १४–९, महामञ्जुश्रीले हिमालयलाई १८–१७ र एन्जल्स हर्टले स्वप्न वाटिकालाई ११–९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनल सेब र महामञ्जुश्री तथा बीएनए र एन्जल्स हर्टबीच हुनेछ ।

सिनियर गल्र्समा निम्सले त्रियोगलाई १५–५, काष्ठमण्डपले हिमालयलाई १२–१०, इबीएले बीएनएलाई ७–५, चाँदबागले महामञ्जुश्रीलाई १०–७ र आयोजक स्किब्सले विज किड्सलाई १४–९ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए । टीआईए, ग्रिनल्यान्ड र एचएचसीए यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।




प्रतिक्रिया

One thought on “भ्याली पब्लिक र बीएनए सेमिफाइनलमा

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *