श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त

डिसी नेपाल
२ भदौ २०७६ २२:२२

कोलम्बो (रासस/सिन्ह्वा)। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन्। वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका हुन्।

सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उनी श्रीलङ्काको २३औ सेनाप्रमुख भएका छन्। सिल्भा भन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति थिए । सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गरेका थिए।

प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि वहन गर्नुहुने भएको वक्तव्यमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *