बसिरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

डिसी नेपाल
२ भदौ २०७६ २३:२९

खार्तुम (रासस/एएफपी) । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्वसैनिक शासक ओमार अल–बसिरले साउदी अरबका राजकुमारबाट नौ करोड अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा स्वीकार गरेको बताइएको छ ।

खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले सोमबार बसिरले लिएको उक्त रकमबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । प्रहरी ब्रिगेडियरसमेत रहेका अहमद अलीले भने, “पूर्व राष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएको स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।” पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *