दिल्लीमा बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान

डिसी नेपाल
२ भदौ २०७६ २३:३३

नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतको केन्द्रीय राजधानी दिल्लीमा बाढीको जोखिम बढेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । यमुना नदीमा पानीको बहाव लगातार बढ्दै गएकाले बाढीको खतरा बढेको अधिकारीहरूले सोमबार बताएका छन् ।

बाढीको जोखिम र नदीको बहावको व्यवस्थापनका बारेमा अपनाउने रणनीतिका बारेमा छलफल गर्न नयाँ दिल्ली प्रदेश सरकारले सोमबार आपत्कालीन बैठक पनि बोलाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “वर्तमान् चुनौतीपूर्ण अवस्थाका बारेमा छलफल गर्न मैले सम्वन्धित विभागका अधिकारीहरूसँगको बैठक बोलाएको छु ।”

छिमेकी हरियाणा प्रदेशसँग जोडिएको हाथिनी कुण्ड पुल क्षेत्रबाट यमुना नदीको पानी बढ्दै आएको देखिएकाले सतर्कता अपनाउनु पर्ने भएको अधिकारीहरूको भनाइ छ ।

स्थानीय अधिकारीहरूले तल्लो भूभागमा रहेका बासिन्दालाई सुरक्षित र माथिल्लो क्षेत्रमा सर्न आह्वान गरेका छन् । “बाढीको जोखिम नरहेको उच्च भूभागतिर मात्रै बस्न र पालको व्यवस्था गर्न म सवैलाई आग्रह गर्दछु,” केजरीवालले ट्वीट गरेका छन् । उनले २ हजार १२० पालहरू व्यवस्था गरिसकिएको पनि बताएका छन् ।




प्रतिक्रिया

One thought on “दिल्लीमा बाढीको उच्चजोखिम, सतर्क रहन आह्वान

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *