मोदीसँग कुरा गर्नेबित्तिकै इमरानलाई फोन गरेर ट्रम्पले के भने ?

डिसी नेपाल
३ भदौ २०७६ ११:३९

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई फोन गरेका छन् । यस क्रममा ट्रम्पले इमरानलाई एक अर्काविरुद्ध तीखो बयानबाजीबाट बच्न आग्रह गरेका छन् । ट्रम्प र इमरानबीच एक हप्तामा यो दोस्रो वार्ता हो । यसअघि सोमबार ट्रम्प र मोदीबीच तीस मिनेट कुराकानी भएको थियो ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले इमरानसँग जम्मु कश्मिर मुद्दामा भारतसँग तनाव कम गर्नु जरुरी रहेको बताएका थिए । दुवै देशले संयमले काम गर्नु जरुरी रहेको उनको भनाइ थियो । वार्तामा ट्रम्प र इमरानबीच अमेरिका पवाकिस्तान आर्थिक र व्यापार सहयोग बलियो बनाउने सहमति भएको छ ।




प्रतिक्रिया

One thought on “मोदीसँग कुरा गर्नेबित्तिकै इमरानलाई फोन गरेर ट्रम्पले के भने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *