जोनसनको पत्रमा ‘आयरिस ब्याकस्टप’ बारे विकल्प प्रस्ताव नगरिएको इयूको दावी

डिसी नेपाल
४ भदौ २०७६ ६:१२

ब्रसेल्स । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियाका लागि ‘आयरिस ब्याकस्टप’ बिषयमा यूरोपेली संघ (इयू) लाई लेखेको पत्रमा व्यबहारिक विकल्प नभेटिएको भन्दै मङ्गलबार इयूले निराशाजनक जवाफ दिएको छ । आयरिस ब्याकस्टपको अर्थ बेलायत र आयरल्याण्डबीच सीमा क्षेत्रमा कडा नियन्त्रण गर्ने अर्थात् सीमामा सुरक्षाबल तैनाद गर्ने (हार्ड बोर्डर) हो ।

यूरोपेली आयोगका प्रवक्ता नतासा बर्टाउडले ब्रसेल्समा पत्रकारहरूसँगको भेटमा भने, “पत्रले सीमा सञ्चालनका लागि वैधानिक समाधानका लागि प्रस्ताव गरेको छैन, जसका कारण बेलायत र इयूलाई जोड्ने आयरल्याण्डको सीमानामा ‘हार्ड बोर्डर’ लाई टार्न सकियोस् ।”

जोनसनले इयू परिषद्का अध्यक्ष डोनाल्ड टस्कलाई लेखेको पत्रमा बेलायतले सम्झौता गरेर इयूबाट बाहिरिन चाहेको तर ‘ब्याकस्टप’ प्रजातन्त्रविरोधी भएकाले यसलाई हटाउनुपर्ने प्रस्तावसहित पत्राचार गरेका थिए । जोनसनको पत्रबारे इयू नेताले सहमति नजनाएपछि ब्रसेल्सले व्यबहारिक विकल्प नभेटिएको भन्दै बेलायतलाई जवाफ दिएको इयू आयोगका प्रवक्ताले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *