एशेजको तेस्रो टेष्टमा इङल्याण्डले तोड्यो ९१ बर्षअघिको रेकर्ड
LEEDS, ENGLAND - AUGUST 25: Ben Stokes of England celebrates hitting the winning runs to win the 3rd Specsavers Ashes Test match between England and Australia at Headingley on August 25, 2019 in Leeds, England. (Photo by Gareth Copley/Getty Images)
काठमाडौं । इङल्याण्डले अस्ट्रेलियालाई जारी एशेजको तेस्रो खेलमा अप्रत्याशित रुपमा पराजित गर्यो । इङल्याण्डको जितका महानायक बने बेन स्टोक । स्टोक्सले १३५ रनमा अविजित रहदै इङल्याण्डलाई यो ऐतिहासिक जित दिलाएका छन् । यो जित पछि इङल्याण्ड सिरिजमा फर्किदै १-१ को बराबरी गर्न सफल भएको छ ।
यस खेल जितका लागि इङल्याण्डलाई ३५९ रनको लक्ष्य अस्ट्रेलियाले राखेको थियो । इङल्याण्ड २८६ रन बनाउदा ९ विकेट गुमाएर हारको नजिक पुगेको थियो । तर अन्तिम विकेटका लागि बेन स्टोक्स र ज्याक लीचले ७६ रनको साझेदारी गरे । तर लीचले भने केवल १ रन मात्र बनाएर स्टोक्सको साथ दिँदा स्टोक्सले ७५ रन बनाएका थिए ।
यो संघर्षपूर्ण जितपछि इङल्याण्डले अस्ट्रेलियाविरुद्धको आफ्नो ९१ बर्ष अगाडिको रेकर्ड तोड्दै अहिलेसम्मको ठूलो रन चेज गरेको छ । टेस्ट क्रिकेटमा इङल्याण्डले यस अघि सन् १९२८-२९ मा ३३२ रनको लक्ष्य चेज गरेको थियो । त्यस्तै इङल्याण्डले सन् २००१ मा अस्ट्रेलियाविरुद्ध ३१५ रन चेज गरेको थियो । त्यस्तै इङल्याण्डले सन् १९९६-९७ मा न्युजील्याण्डविरुद्ध ३०५ रन चेज गरेको थियो ।







डिसी नेपाल








Facebook Comment