सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५०० ले घटेर ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment