काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै धेरै ग्यास बिक्री, अभाव बिस्तारै सहज हुँदै

डिसी नेपाल
१ भदौ २०८३ २१:३३

काठमाडौं । नेपाल आयल निगमका अनुसार आज मिति २०८३ साल भदौ १ गते ग्यास उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ।

निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री वितरण भएको छ। त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लाहरूमा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ।

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री वितरण भएको निगमले जनाएको छ। पछिल्ला दिनहरूको तुलनामा आज ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको हो।

पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमका निर्देशक विनीतमणि उपाध्यायले जानकारी दिनुभएको छ।

निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *