‘अर्नब’ चक्रवातको जोखिम: विपद् प्रतिकार्य कमाण्ड पोष्टद्वारा पूर्वतयारी तीव्र पार्न निर्देशन
काठमाडौं। बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको पछिल्लो अवस्था, यसबाट नेपालमा पर्न सक्ने मौसमी प्रभाव र पूर्वतयारीका विषयमा छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक सम्पन्न भएको छ।
बैठकमा सम्भावित मौसमी विषमता, बाढी, पहिरोको जोखिम तथा सडक अवरुद्ध भएमा तुरुन्त खुलाउन अपनाइएको तयारीबारे सम्बन्धित निकायका प्रतिनिधिहरूले जानकारी गराएका थिए।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले चक्रवात नेपाल आइपुग्दा कमजोर भइसके पनि यसको प्रभावले देशका विभिन्न भूभागमा वर्षा, हिमपात र सामान्य हावाहुरीको सम्भावना कायमै रहेको जानकारी दिइन्।
बैठकले जोखिमयुक्त जिल्लाहरूमा मौसमी अवस्थाको निरन्तर अनुगमन गर्न, सर्वसाधारणलाई पूर्वसूचना दिएर सचेत गराउन र सम्भावित विपद्को तत्काल प्रतिकार्यका लागि मातहतका सुरक्षा निकाय तथा संयन्त्रहरूलाई तम्तयार अवस्थामा रहन निर्देशन दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment