मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

डिसी नेपाल
१२ कार्तिक २०८३ १६:०६
8
Shares

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्।

सम्झौतामा अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय घटाउने र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिइएको छ।

मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग सम्झौता गरेकी हुन्।

सम्झौताअनुसार बिरामीलाई समयमै शय्या उपलब्ध गराउने, उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था घटाउने तथा स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री र जिम्मेवार बनाउने विषयमा जोड दिइएको छ। साथै, स्वास्थ्य सेवामा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

यसैगरी, मन्त्रालयका सचिव डा. विकास देवकोटाले १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग पनि आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *