लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौं। सिरहाको सिरहा नगरपालिका-१३ मल्हनियाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको मधुवनी बेला पञ्चायत-८ का ४४ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूले प्रयोग गर्दै आएको बिआर-३२४ भि ७५७४ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment