दक्षिण कोरियाले भन्यो ‘हर्मुजमा सेना पठाउँदैनौं’

डिसी नेपाल
१२ कार्तिक २०८३ १८:५६
24
Shares

काठमाडौं । समाचार संस्था ‘रोयटर्स’ का अनुसार दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहाकार वी सुङ-लाकले बिहीबार सियोलले होर्मुज जलडमरूमध्यमा सम्भावित सैन्य वा प्राविधिक तैनाथीका लागि हाल विभिन्न विकल्पहरूमाथि विचार गरिरहेको बताएका छन्।

उनले ती विकल्पहरूमा समुद्री गस्ती विमान पठाउने सम्भावना पनि समावेश रहेको जानकारी दिएका छन्। संसदीय लेखापरीक्षण (पार्लियामेन्टरी अडिट) का क्रममा बोल्दै वी सुङ-लाकले यी विकल्पहरूलाई लिएर सियोल र वासिङ्टनबीच निरन्तर छलफल जारी रहेको स्पष्ट पारे।

यद्यपि, राष्ट्रपति ली जे म्योङले यसअघि नै गरेको घोषणा अनुरूप दक्षिण कोरियाले कुनै पनि प्रकारको प्रत्यक्ष युद्धक तैनाथी (कम्ब्याट डेप्लोयमेन्ट) नगर्ने कुरालाई उनले पुनः दोहोर्‍याएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *