स्पेन रेल दुर्घटना: दुर्घटना हुनुभन्दा केही मिनेटअघि कन्ट्रोल सेन्टर र ड्राइभरबीच के कुराकानी भएको थियो?
काठमाडौं । स्पेनिस सञ्चार माध्यममा सार्वजनिक भएका अडियो रेकर्डिङहरूबाट युरोपको आधुनिक इतिहासकै एक भीषण रेल दुर्घटना हुनुभन्दा केही मिनेटअघि ट्रेनका ड्राइभरहरू र रेलवे कन्ट्रोल सेन्टरबीच भएको कुराकानी बाहिर आएको छ।
एउटा अडियो रेकर्डिङमा प्राविधिक कठिनाइ देखिएपछि कन्ट्रोल सेन्टरका अपरेटरले एक ट्रेनका ड्राइभरलाई भन्छन्, ‘सामान्य गतिमा आफ्नो यात्रा अगाडि बढाउनुहोस्।’
‘बीबीसी न्यूज’ लाई प्राप्त जानकारी अनुसार, अर्को एक अडियो रेकर्डिङमा ‘इर्यो’ ट्रेनका ड्राइभरले ट्रेन कन्ट्रोल सिस्टमसँगको सम्पर्क टुटेको र आफूहरू उर्दामा रोकिएको बताएका छन्।
स्पेनमा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको समयमा यी अडियो रेकर्डिङहरू बाहिर आएका हुन्।
बुधबार बिहान म्याड्रिडबाट सेभिलेतर्फ गइरहेको एउटा ट्रेनको लिकमा रोकिएको अवस्थामा रहेको अर्को ट्रेनसँग ठक्कर भएको थियो।
यस भीषण दुर्घटनामा परी कम्तीमा ६९ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिसहरू घाइते भएका छन्।
आपत्कालीन उद्धार टोलीहरूले रातभर भग्नावशेषमा फसेका पीडितहरूको खोजी तथा उद्धारका लागि रेलका डिब्बाहरू काट्ने कार्य जारी राखेका छन्। दुर्घटनामा ज्यान गुमाएका धेरै व्यक्तिको पहिचान अझै खुलिसकेको छैन।
बीबीसी न्युजलाई प्राप्त जानकारी अनुसार स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले यस रेल दुर्घटनापछि प्रभावित क्षेत्र वरपर सहायता केन्द्रहरू स्थापना गरिएको बताएका छन्। एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितका परिवारजन, स्वयम् पीडितहरू र घटनाको दिन दुर्घटनास्थलमा उपस्थित रहेका जोसुकैका लागि पनि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको जानकारी दिए।
प्रधानमन्त्री साञ्चेजले उद्धार टोलीले गरेको “उत्कृष्ट कार्य” को उच्च प्रशंसा गर्दै स्पेन सरकारले यस घटनाको यथार्थ कारण पत्ता लगाउन कडा मेहनत गरिरहेको बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment