इजरायल चुनावको नतिजापछि हिज्बुल्लाहको प्रतिक्रिया: ‘जसले जिते पनि प्रतिकार जारी रहनेछ’
काठमाडौं । इजरायलमा सम्पन्न आम निर्वाचनको नतिजा सार्वजनिक भएपश्चात लेबनानको सशस्त्र समूह हिज्बुल्लाहले आफ्नो प्रतिक्रिया दिएको छ।
हिज्बुल्लाहका महासचिव नइम कासिमले भनेका छन्, ‘इजरायली निर्वाचनको परिणाम समूहका लागि महत्त्वपूर्ण छैन। इजरायलको चुनावमा जसले जिते तापनि हिज्बुल्लाहले उसविरुद्धको प्रतिरोध (प्रतिकार) जारी राख्नेछ।’
९० प्रतिशतभन्दा बढी मत गणना भइसक्दा इस्रायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन सबैभन्दा ठुलो दल बने तापनि बहुमत प्राप्त गर्न असफल भएको छ।
गादी आइजेनकोटको नेतृत्वमा रहेको मुख्य विपक्षी गठबन्धनले कडा टक्कर दिँदै ४८ सिट हासिल गरेको छ।
‘बीबीसी फारसी’ का अनुसार नइम कासिमले बुधबार एक लिखित वक्तव्य जारी गर्दै भनेका छन्, ‘इजरायलमा कसले शासन गर्छ भन्ने कुराले हामीलाई कुनै फरक पार्दैन। तर, यो प्रस्ट हुनुपर्छ कि इस्रायलले कब्जा जारी राख्न पाउनेछैन र उसले हाम्रो भूमि छाड्नुपर्नेछ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment