राजर्षिजनक विश्वविद्यालयको सबै सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा
धनुषा। राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। विश्वविद्यालयले प्रशासनिक, शैक्षिक तथा परीक्षा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।
विश्वविद्यालयले विद्यार्थीलाई अनलाइनबाटै सेवा उपलब्ध गराउने उद्देश्यले शैक्षिक, प्रशासनिक, परीक्षा र लेखासम्बन्धी कामलाई एकीकृत सञ्जालमा जोड्ने जनाएको छ। यसका साथै स्वास्थ्य विज्ञान सङ्कायको प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधार निर्माण र प्रयोगशालालाई प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
विश्वविद्यालयले मधेश प्रदेशको आवश्यकता र बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन गरी दक्ष तथा नवप्रवर्तनशील जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। प्रशासनिक ढिलासुस्ती र बेथिति अन्त्य गर्दै कार्यशैलीलाई चुस्त बनाउने पनि विश्वविद्यालयले जनाएको छ।
वार्षिकोत्सवमा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment