चोरीको मोटरसाइकल र बन्दुकसहित दुई युवक पक्राउ

डिसी नेपाल
१२ कार्तिक २०८३ १६:३१
8
Shares

धादिङ । धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीबाट दुई जनालाई चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब ६ बजे उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका–८ मजुवा बस्ने १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही ठाउँको सिउरेनी बस्ने २२ वर्षीय शिशिर तामाङ रहेका छन्।

सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो-नीलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको पाइएको छ। शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता रहेको छ।

त्यसैगरी सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ।

बरामद मोटरसाइकल र बन्दुकसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *