स्पेन रेल दुर्घटना: सरकारविरुद्ध फुट्यो जनआक्रोश, यातायात मन्त्रालयबाहिर प्रदर्शन

डिसी नेपाल
१२ कार्तिक २०८३ १९:११
4
Shares

काठमाडौं । स्पेनमा दुई वटा रेल आपसमा ठोक्किएर ठुलो जनधनको क्षति भएपछि आक्रोशित नागरिकहरूले यातायात मन्त्रालयको कार्यालयबाहिर प्रदर्शन गरेका छन्।

यसअघि नै ट्राफिक कन्ट्रोलर र ट्रेन ड्राइभरबीचको कुराकानीको अडियो रेकर्डिङ पनि बाहिर आइसकेको छ।

बुधबार राति यातायात मन्त्रालयबाहिर ठुलो सङ्ख्यामा जम्मा भएका प्रदर्शनकारीहरूले रेल दुर्घटनाका लागि जिम्मेवार निकाय र व्यक्तिको जवाफदेही सुनिश्चित गर्न माग गरेका छन्।

यसैबीच, स्पेन सरकारले रेल दुर्घटनाका पीडितहरूको सम्झनामा देशभर तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

शोकको यस अवधिमा अतोचा स्टेसनमा एक विशेष स्मारक निर्माण गरिएको छ भने सरकारी भवनहरूमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *