दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्रवक्ता) ओमप्रकाश खनालका अनुसार दुर्घटनामा परेर एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको ज्यान गएको हो।
यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र सोही स्थानका सवार अखिलेश यादव घाइते भएका छन्।
घाइतेमध्ये अखिलेशको अवस्था गम्भीर रहेको छ। उनको जनकपुरस्थित न्युरो अस्पतालमा अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment