एनपीएल: विराटनगर किङ्सद्वारा कर्णाली याक्सलाई १८७ रनको लक्ष्य, लोकेश बमको उत्कृष्ट अर्धशतक

डिसी नेपाल
१२ कार्तिक २०८३ १८:५०
8
Shares

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भइरहेको खेलमा विराटनगर किङ्सले कर्णाली याक्ससामु जितका लागि १८७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रनको योगफल खडा गर्‍यो।

विराटनगरका लागि लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ५२ बलको सामना गर्दै ९ छक्का र ३ चौकाको मद्दतमा सर्वाधिक रन बनाए। त्यसैगरी एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन तथा आन्द्रे रसेलले १५ बलमा २७ रनको योगदान दिए।

बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले घातक बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। यस्तै मार्क वाट र नन्दन यादवले समान १-१ विकेट हात पारे।

जारी प्रतियोगितामा यसअघि खेलिएको आफ्नो पहिलो खेलमा विराटनगर किङ्स चितवन राईनोजसँग पराजित भएको थियो भने कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरलाई पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *