प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत
sf7df8f}F, @( ebf} -/f;;_ M k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf afFs] lhNnfdf g]kfnL sfFu|];sf] sfo{qmddf ePsf] 36gfaf/] u[xdGqLsf] ;Gtf]ifhgs hjfkm gcfPsf] eGb} lj/f]wdf cfcfkmgf] 7fpFaf6 pleP/ a}7s cj?4 ub}{ g]sf ;f+;bx? . t:jL/ M /Tg >]i7 .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ भने एक विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।
यसैगरी गृहमन्त्री थापाले “प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी दोस्रो प्रस्ताव पनि प्रस्तुत गरे । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
दुवै प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद दिलेन्द्रप्रसाद बडूले विधेयकमा कर्मचारी भन्ने शब्द थप गरिनुपर्ने माग गरे । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले “लोकसेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।







डिसी नेपाल








Facebook Comment