भक्तपुर-२ मा महेश बस्नेतलाई २०० मतले पछि पार्दै राजीव खत्रीले लिए अग्रता
काठमाडाैं। प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा भक्तपुर-२ मा रोचक प्रतिस्पर्धा देखिएको छ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री १४०० मतसहित अग्रस्थानमा छ।
उनलाई नेकपा (एमाले) का महेश बस्नेतले २०० मतान्तरका साथ पछ्याइरहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका कविर राणा १७१ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले १३८ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार जित राम लामाको नाममा हालसम्म ३७ मत दर्ता भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment