साँस्कृतिक तथा पर्यटन फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

डिसी नेपाल
११ असोज २०७६ १:००

काठमाडौं । साँस्कृतिक तथा पर्यटन विधाको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।

प्रगियोगितामा प्रदेश नं ५ का फोटो पत्रकार मनोज पौडेलले लुम्विनीको मायादेवी मन्दिरको फोटो ‘नेपाल दर्शन २०२०’ मा प्रथम स्थान हासिल गरेका छन्।

त्यस्तै मुगुका फोटो ग्राफर कविराज कार्कीले खिचेको रारा तालको फोटोले द्वितीय स्थान हासिल गरेको छ भने काठमाडौमा रहेर फोटो पत्रकारिता गर्ने सुनील शर्माले खिचेको सोलुखुम्वुको सगरमाथा क्षेत्रको फोटोले तृतीय स्थान प्राप्त गरेको छ।

त्यसै गरी प्रदेश स्तरीय उत्कृष्ट फोटो विजेताहरुमा प्रदेश १ बाट भवानी सिलाकार, प्रदेश २ बाट सुशील कुमार श्रेष्ठ, प्रदेश ३ बाट आर्यन धिमाल, गण्डकी प्रदेशवाट राधिका कडेल, प्रदेश ५ बाट अमर राज पुन, कर्णाली प्रदेशबाट हिक्मत बहादुर नेपाली र प्रदेश सुदूरपश्चिम प्रदेशवाट विनोद सिंह विष्टले सान्त्वना पुरस्कार जितेका हुन्।

विजेताहरु प्रथम, द्वितीय र तृतीय हुनेहरुले नगद २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने राष्ट्रिय फोटो पत्रकार समूहले जनाएको छ।

त्यस्तै सबै प्रदेशका प्रदेश स्तरीय उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कार स्वरुप जनहि १०/१० हजार सहित प्रमाण पत्र प्रदान गरिने छ।

साथै “नेपाल दर्शन २०२०” फोटो पुस्तक प्रकाशन गर्ने पनि राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले जनाएको छ।




प्रतिक्रिया

One thought on “साँस्कृतिक तथा पर्यटन फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.