दीपक भट्टविरुद्ध अनुसन्धानका लागि १० दिन म्याद थप

डिसी नेपाल
१९ चैत २०८२ १९:१९
180
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ।

बिहीबार न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो।

सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका भट्टलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरबाट पक्राउ गरेको थियो।

यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर विदेश जानसमेत रोक लगाएको थियो। भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *