तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्यो, उच्च सतर्कता अपनाउन आग्रह
बुटवल। लगातारको अविरल वर्षाका कारण बुटवल भएर बहने तिनाउ नदीमा बाढीको प्रकोप बढेको छ। जलसतहले खतराको तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखा तथा स्थानीय प्रशासनले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका होचा भूभागका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति आठ बजे बुटवलस्थित तिनाउ नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह नाघेर खतराको विन्दुभन्दा माथि पुगेको छ। निरन्तरको वर्षाका कारण नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले जोखिम थप जटिल बन्न सक्ने अनुमान गरिएको छ।
नदीमा आएको भीषण बाढीका कारण महाशाखाले नदी किनार आसपासका क्षेत्रमा बसोबास गर्ने तथा विगतमा डुबान पर्दै आएका क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म उच्च सतर्क रहन अपिल गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रका नागरिकलाई नदी किनारमा नजान, अत्यावश्यक पूर्वतयारी अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचना र निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment