पछिल्लो बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

डिसी नेपाल
१० असोज २०८३ २०:५१

काठमाडौं। अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ।

विपदबाट बागमती र लुम्बिनी प्रदेशमा दुईरदुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

बाढीपहिरोमा परी दुई जना घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ। प्रहरीले ४०७ जनाको उद्धार गरेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *