१२ कक्षाका छात्रले आफ्नै अपहरणको षड्यन्त्र रचेर पितासँग मागे ५० लाख फिरौती
काठमाडौं। पछिल्लो समय अपराधका नयाँ नयाँ तरिकाहरु देखिन थालेका छन् । यस्तैमा पछिल्लो समय १२कक्षामा पढ्न एक छात्रले आफ्नै षड्यन्त्रको नाटक रचेर आफ्नै पितासँग ५० लाख रुपैयाँ फिरौती मागेको घटना सार्वजनिक भएको छ । आज तकको समाचार अनुसार घटना हरियाणाको हो । पीडित पिताले छोराको अपहरण भएको सूचना पुलिसमा दिएपछि पुलिसले ती छात्र र उनका साथीहरुलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको छ ।
ती छात्रको परिवारका अनुसार २१ सेप्टेम्बरका दिन उनी घरमा केही नभली हराएका थिए । उनको परिवारले उनको धेरै खोजी गरे तर केही थाहा हुन सकेन । आरोपी छात्रका पिताले यसको सूचना पुलिसमा दिए र खोजी गरिदिन निवेदन दिए । पीडित पिताका अनुसार उनका छोरा पछिल्लो पटक गाउँकै २ युवकसँग देखिएका थिए त्यसपछि ती २ युवक पनि बेपत्ता थिए ।
पीडित पिताका अनुसार उनका छोरा र उनका साथीहरुले २५ सेप्टेम्बरका दिन पितालाई फोन गरेर भने ‘यदि छोरालाई सकुशल चाहन्छौ भने ५० लाख रुपैयाँको व्यवथा गर्नु ।’ त्यसपछि पनि उनीहरुले पटक पटक फोन गरेर फिरौती रकमको माग गरिरहे । छोरा खोजिदिन निवेदन दिएका पिताले जब पुलिसमा फिरौती रकम माग गरिएको जानकारी दिए त्यसपछि यो केस क्राइम ब्रान्च र साइबर सेलकहाँ पुग्यो ।
पुलिसले फोन गर्नको लागि प्रयोग गरिएका नम्बर ट्रेस गर्दा ती फोन फरिदाबादमा भएको पाइयो । पुलिसको टिमले २७ सेप्टेम्बरमा ती छात्र र उनका साथीहरुलाई फरिदाबादको मिलन होटल नजिकै गिरफ्तार गर्यो । सोधपुछमा आरोपी छात्रले बताएअनुसार उनका पिताले उनलाई घरबाहिर जान दिँदैनथे र खर्चको लागि पैसा पनि दिँदैनथे त्यसैले उनले साथीहरुसँग मिलेर यस्तो नाटक रचेका थिए ।







डिसी नेपाल








Facebook Comment