टर्कीको आक्रमणपछि उत्तरपूर्वी सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित
{"caption":"u0938u093fu0930u093fu092fu093eu0915u094b u0909u0924u094du0924u0930u0940 u0915u094du0937u0947u0924u094du0930u092eu093e u091fu0930u094du0915u0940u0915u093e u0938u0930u0915u093eu0930u0940 u0938u0941u0930u0915u094du0937u093eu092a u092bu094cu091cu0932u0947 u0917u0930u0947u0915u094b u0906u0915u094du0930u092eu0923u092au091bu093f u0938u0941u0930u0915u094du0937u093fu0924 u0938u094du0925u093eu0928u0924u0930u094du092b u091cu093eu0901u0926u0948 u0917u0930u0947u0915u093e u0915u0941u0930u094du0926 u0938u092eu0941u0926u093eu092fu0915u093e u0938u0930u094du0935u0938u093eu0927u093eu0930u0923 u0964 u0924u0938u094du092cu093fu0930 : u090fu092au0940n","photographer":"","alt_text":""}
बेरूत। टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ ।
मानव अधिकारबादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण सुरु भएदेखि हालसम्म ३ लाख भन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताउनु भएको छ। बाध्य भएर विस्थापित हुने व्यक्तिहरूको संख्या अझै बढ्ने सक्ने पनि उgले थप जानकारी दिएका छन्।
विस्थापितहरुले आफन्तहरूसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि, कोही बगैचामा सुतिरहेका थिए, भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका भएका अब्देल रहमानले बताए।
उत्तर, उत्तरपूर्वी सिरियाको कुर्दिश समर्थकहरूले नियन्त्रण गरिरहेको क्षेत्रहरूमा गत अक्टोबर ९ बाट हमला शुरु भएको थियो।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकाको निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो।
उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ।रासस/एएफपी







डिसी नेपाल








Facebook Comment