एमसीसीको नेपाल भ्रमण तालिका र टिम सार्वजनिक
काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण तालिका सार्वजनिक गरेको छ ।एमसीसीले सार्वजनिक गरेको तालिका अनुसार सुरुवातमा एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय खेल खेल्नेछ ।
यस्तै राष्ट्रिय टिमसँग एक दिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्नेछ । त्यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ ।त्यसपछि एमसीसीको टिमले पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ ।
यस्तै एमसीसीले नेपाल सँग खेल्ने टिमको घोषणा गरेको छ । एमसीसीले नेपाल भ्रमणका लागि जिम्मी एडम्सको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको छ ।
कप्तान एडम्ससँगै टिममा यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमसन, विल भेन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट् रहेका छन् ।
टिममा रहेका मध्ये अराफातले पाकिस्तानबाट टेष्ट खेलिसकेका छन् । यस्तै विल रोड्सले इंग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् ।
टियुमा हुने खेल तालिकाः
३ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल यू–१९ (५० ओभर)
४ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
६ देखि ८ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बरः एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू–१९ टिम (टी–ट्वान्टी)
पोखरामा हुने खेलः
११ नोभेम्बरः एमसीसीविरुद्ध पोखरा आमन्त्रण–११ (२० ओभर)
१२ नोभेम्बरः एमसीसीविरुद्ध मुख्य मन्त्री–११ (२० ओभर)








डिसी नेपाल








Facebook Comment