एमसीसीको नेपाल भ्रमण तालिका र टिम सार्वजनिक
काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले भ्रमण तालिका सार्वजनिक गरेको छ ।एमसीसीले सार्वजनिक गरेको तालिका अनुसार सुरुवातमा एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय खेल खेल्नेछ ।
यस्तै राष्ट्रिय टिमसँग एक दिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्नेछ । त्यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ ।त्यसपछि एमसीसीको टिमले पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ ।
यस्तै एमसीसीले नेपाल सँग खेल्ने टिमको घोषणा गरेको छ । एमसीसीले नेपाल भ्रमणका लागि जिम्मी एडम्सको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको छ ।
कप्तान एडम्ससँगै टिममा यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमसन, विल भेन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट् रहेका छन् ।
टिममा रहेका मध्ये अराफातले पाकिस्तानबाट टेष्ट खेलिसकेका छन् । यस्तै विल रोड्सले इंग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् ।
टियुमा हुने खेल तालिकाः
३ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल यू–१९ (५० ओभर)
४ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
६ देखि ८ नोभेम्बरः एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बरः एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू–१९ टिम (टी–ट्वान्टी)
पोखरामा हुने खेलः
११ नोभेम्बरः एमसीसीविरुद्ध पोखरा आमन्त्रण–११ (२० ओभर)
१२ नोभेम्बरः एमसीसीविरुद्ध मुख्य मन्त्री–११ (२० ओभर)

No ads found for this position

डिसी नेपाल
Facebook Comment