कुटनीतिज्ञ सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा प्रस्तावित

डिसी नेपाल
२१ असोज २०८३ २१:२१
4
Shares

काठमाडौं। भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा करियर कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता सकिएपछि भारतले दलेलालाई प्रस्ताव गरेको हो।

दलेला भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी हुन्। भारतीय विदेश मन्त्रालयको विवरणअनुसार उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। हाल उनी विदेश मन्त्रालयमा आर्थिक सम्बन्धसम्बन्धी सचिवका रूपमा कार्यरत रहेको विवरणमा उल्लेख छ।

दलेलाको नेपालसँग सम्बन्धित कामको अनुभवसमेत रहेको छ। काठमाडौंस्थित भारतीय दूतावासको पुरानो सार्वजनिक विवरणअनुसार उनी विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव हुँदा नेपालमा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी संवादमा सहभागी भएका थिए।

भुटानका लागि राजदूत तथा वासिङ्टनस्थित भारतीय दूतावासमा उपनियोग प्रमुखका रूपमा काम गरेको अनुभवले दलेलाको छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय कूटनीतिमा अनुभव रहेको देखाउँछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *