एक लाख घुससहित मलंगवा नगरपालिकाका दुई कर्मचारी पक्राउ

डिसी नेपाल
२१ असोज २०८३ २१:१३

सर्लाही। सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक कौशल कुमार मधुकर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले उनीहरूबाट एक लाख रुपैयाँ घुस र स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँ समेत बरामद गरेको जनाएको छ। उनीहरूलाई २०८३ असोज २० गते मलंगवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको थियो।

असोज २१ गते विशेष अदालतको आदेशबाट घुससम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *