पहिरोले जिप पुरियो

डिसी नेपाल
२१ असोज २०८३ १६:११

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै गुडिरहेको बोलेरो जिप पहिरोमा परी पुरिएको छ। बिहीबार बिहान करिब १०:३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि अचानक माथिबाट पहिरो खसेको हो। उक्त जिप विशाल खत्रीले चलाइरहेका थिए।

पहिरो खस्ने सम्भावना देखिपछि समयमै सतर्कता अपनाइएकाले कुनै पनि मानवीय क्षति हुन पाएन। पहिरो खस्ने समयमा जिपभित्र कोही पनि सवार नरहेकाले ठूलो दुर्घटना टरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। दिउँसो १:२० बजे घटनास्थल पुगेको प्रहरी टोलीले पहिरोले पुरिएको जिप निकाल्ने प्रयास जारी राखेको छ।

घटनास्थल अस्थायी प्रहरी पोष्ट रोवाबाट करिब दुई घण्टा दक्षिणमा पर्ने र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *