कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, चार प्रतिवेदन पारित गरिँदै

डिसी नेपाल
२१ असोज २०८३ १६:४२

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका तर्फबाट प्रस्तुत चारवटै प्रतिवेदनहरू पारित गरिनेछ।

प्रतिवेदन पारित भएसँगै महाधिवेशनको ध्यान नयाँ नेतृत्व चयनतर्फ केन्द्रित हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।

यस महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापतिसहित उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी कुल २४ जना पदाधिकारी चयन हुनेछन्।

जसमध्ये सहमहामन्त्रीमा चार र कोषाध्यक्षमा एक गरी पाँच जना पदाधिकारी सभापतिबाट मनोनीत हुने व्यवस्था छ। यसअनुसार यसपटकको निर्वाचनबाट १९ जना पदाधिकारी मात्र प्रत्यक्ष निर्वाचित हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *