कांग्रेसमा सबैभन्दा कान्छी उम्मेदवार अभिप्साको दाबी– ‘युवा र महिलालाई अघि बढाउँछु’ (भिडियोसहित)
काठमाडौँ — नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिका लागि बागमती प्रदेशबाट युवा/महिला तर्फ सबैभन्दा कान्छी उम्मेदवारको रूपमा अभिप्सा पौडेलले आफ्नो मनोनयन दर्ता गराएकी छन्।
उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले नेपाली काङ्ग्रेसप्रति घट्दै गएको जनविश्वासलाई पुनः फर्काउन र सङ्गठनलाई सुदृढ बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।
“नेपाली काङ्ग्रेसप्रति घट्दै गएको जनविश्वासलाई बढाउने र सङ्गठनलाई बलियो बनाउने जिम्मेवारी मेरो पनि भएकाले मैले उम्मेदवारी दिएकी हुँ,” उनले भनिन्, “नेपालकै सबैभन्दा कान्छी उम्मेदवार रहेकी मलाई सम्पूर्णले साथ र सहयोग दिनुहुनेछ भन्ने आशा राखेकी छु।”
आफ्नो मुख्य प्राथमिकता युवा र महिला रहेको उल्लेख गर्दै उनले कर्णालीदेखि कोशीसम्मका सबै क्षेत्रका महिलाहरूले आफ्ना अधिकार बुझेर आफ्नो लागि लड्न सक्ने र सक्षम बन्नुपर्नेमा जोड दिइन्। साथै, युवाहरूलाई देशभित्रै रोजगार सिर्जना गरी स्वाभिमानका साथ बस्ने वातावरण बनाउनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाइन्।
राजनीतिमा आउनुको कारणबारे बोल्दै उनले भनिन्, “राजनीति एउटा दिमागको खेल हो। मलाई सानैदेखि नेतृत्व गर्न मन लाग्ने, सधैँ अगाडि बढेर अरूको लागि आवाज उठाउन मन लाग्ने भएकाले म राजनीतिमा आएकी हुँ।”
No ads found for this position



डिसी नेपाल
Facebook Comment