नग्न तस्वीर सार्वजनिक भएपछि यी सांसदले दिइन् पदबाट राजीनामा
वाशिङ्टन्। नग्न तस्वीर सार्वजनिक भएपछि एक अमेरिकी सांसदले पदबाट राजीनामा दिएकी छन्। अमेरिकाको क्यालिफोर्नियाबाट अमेरिकी संसदमा निर्वाचित २३ वर्षीया बाइसेक्सुअल सांसद केटी हिलले पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
केटीले सामाजिक सञ्जाल ट्वीटरमा राजीनामा पत्र सार्वजनिकसमेत गरेकी छन्।

केटीमाथि एक सांसदसँग अन्तरंग सम्बन्ध राखेको तथा एक महिला स्टाफसँग पनि सेक्सुअल रिलेशन राखेको आरोप छ। उनीमाथि अमेरिकी संसदको इथिक्स कमिटिले छानविन गरिरहेको छ। समाचारअनुसार केटीले महिला स्टाफसँग सेक्सुअल रिलेशन बनाएको स्वीकार गरेकी छन्। २०१८ मा सांसद निर्वाचित केटी र उनका श्रीमानबीच सम्बन्धबिच्छेदको मुद्दा चलिरहेको छ।
केटीले पदमै रहेआफु अझ अरु अभियान चलाउने डर लागेको भन्दै पदबाट राजीनामा दिएकी छन्। उनले गल्ती गरेकोसमेत स्वीकार गरेकी छन्।







डिसी नेपाल








साँसद बरियता मा पनि येतिका ठुलो यौन पिसाच कार्य हरु, पब्लिक त तेसै हरेक कुरो मा रोमलिऐको छ, कस्तो दु;खद कुरो सुन्नु परयो,