राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य : संयोजक दाहाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताए।
विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धतासहित विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरूबीच एकता भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
पार्टीले आत्मसात गरेका वैचारिक दृष्टिकोण तथा कम्युनिष्ट आदर्शका कारण अहिले पार्टीप्रति जनलहर बढेको बताउँदै उनले आसन्न निर्वाचनमा जनताले राम्रो मूल्याङ्कन गर्ने उल्लेख गरे। पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण गरेको बताउँदै उनले त्यस कार्यक्रमबाट गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रूपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताए।
राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार्दै उहाँले नेपाली विशेषताको समाजवाद कार्यान्वयन गरी प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment