‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि श्रीप्रिया अग्रवाललाई, साम्राज्ञी भण्डारी ‘अर्गनाइजेसन च्वाइस’

डिसी नेपाल
१२ असोज २०८३ ७:०४

काठमाडौं।  नवौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन्। उपाधिसँगै उनले ३० हजार रुपैयाँ पुरस्कार हात पारेकी छन्। जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा मन्नत अग्रवाल फस्ट रनरअप र सृष्टि शाह सेकेण्ड रनरअप घोषित भए। यस्तै, प्रतियोगितामा साम्राज्ञी भण्डारीले अर्गनाइजेसन च्वाइसको अवार्ड प्राप्त गरिन्।

प्रतियोगितामा विभिन्न विधागत उपाधिहरूतर्फ मुख्य विजेता श्रीप्रिया अग्रवालले ‘मिस ब्युटी विथ ब्रेन’ र ‘मिस क्याटवाक’को उपाधि समेत जितिन्। त्यस्तै साम्राज्ञी भण्डारी ‘मिस इन्टीलेक्ट’, ‘मिस पब्लिक च्वाइस’ र ‘मिस एक्टिभ’ घोषित भइन् भने मन्नत अग्रवालले ‘मिस मल्टीमिडिया’ र ‘मिस पर्सनालिटी’को अवार्ड प्राप्त गरिन्। रिद्धि शाहले ‘मिस पपुलर’ र ‘मिस ब्युटीफूल हेयर’ तथा सृष्टि शाहले ‘मिस फोटोजेनिक’को उपाधि हात पारे।

यसैगरी मानवी राजवंशी ‘मिस ट्यालेन्ट’, दक्षिता यादव ‘मिस डिसिप्लिन’, कृपा गौतम ‘मिस फ्रेण्डसिप’, सृष्तिजा कोइराला ‘मिस स्माइल’, निविका गुप्ता ‘मिस ब्युटीफूल आइज’, जागृति शाह ‘मिस अनेस्ट’, गेस्ना संग्रौला ‘मिस क्युट’, सिद्धि शाह ‘मिस बब्ली’ र नम्रदा चौधरी ‘मिस आउटस्टेण्डिङ परफर्मेन्स’ घोषित भए।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा न्यू सृष्टि दैनिकका अध्यक्ष शंकर खरेल, उद्घोष दैनिकका अध्यक्ष बन्धु पोखरेल, सोम्स कलेजका अध्यक्ष रोशन घिमिरे र ‘मिस कोशी २०२५’ की विजेता एवं मोडल रजनी थापा रहेका थिए। आयोजक जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले फाइनलमा पुगेका सबै प्रतियोगीहरूलाई प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्परहरू प्रदान गरिएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *