जसले मुर्ख मानिसलाई धेरै महत्व दिन्छन्, उनीहरु कहिल्यै खुशी रहन सक्दैनन्
काठमाडौं। प्राचीन समयमा भारत विभिन्न राज्यमा विभाजित थियो। त्यो बेला आचार्य चाणक्यले भारतलाई एकीकृत गरे अनि चन्द्रगुप्तलाई अखण्ड भारतको सम्राट बनाए। चाणक्यले नीतिहरुको एउटा ग्रन्थ पनि रचना गरे, जसको नाम हो चाणक्य नीति। यो नीति शास्त्रमा उल्लेख गरिएका कयौं नीतिको पालना गर्दा हामी धेरै समस्याबाट बच्न सक्छौं र सफलता प्राप्त गर्न सक्छौं। आज हामी चाणक्य नीतिमा उल्लेख भएको एउटा नीतिका विषयमा जानकारी दिन गइरहेका छौं।
मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।
दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।।
यो चाणक्य नीति ग्रन्थको तेस्रो अध्यायको २१ औं श्लोक हो। यो श्लोकमा चाणक्य भन्छन्–जुन ठाउँमा मुर्खको पूजा हुँदैन, त्यहाँ ज्ञानीको मात्र सम्मान हुन्छ। ज्ञानीको कुराको सम्मान पनि हुन्छ। जहाँ धनधान्य प्रयाप्त मात्रामा संग्रहित हुन्छ, अन्नको एक दाना पनि व्यर्थ फालिँदैन, जुन घरमा पति पत्नीबीच बादविवाद हुँदैन, त्यहाँ देवी लक्ष्मी स्वयं पधार्नुहुन्छ। यस्तो ठाउँमा सुख–समृद्धि सबैं कायम हुन्छ।
जो मानिस मुर्खको पूजा गर्छन्, अर्थात मुर्खलाई धेरै महत्व दिन्छन्, उनीहरुको सेवा गर्छन्, उनीहरु कहिल्यै सफल हुन सक्दैनन्। उनीहरु सधैं दुखी नै रहन्छन्। जहाँ धनधान्यको अपमान हुन्छ, धन संग्रह गरिँदैन, जुन घरमा पति–पत्नीबीच सधैं झगडा हुन्छ, त्यहाँ कहिल्यै पनि देवी लक्ष्मीको बास हुँदैन। लक्ष्मी कृपा विना गलत कामका कारण परिवारको धन नष्ट हुन्छ। यसकारण मुर्ख मानिसको संगतबाट बच्नुपर्छ। तब मात्र जीवन सुखमय बन्छ। यदि माथि उल्लेखित कुरामा ध्यान नदिने हो भने जीवनमा दुख कहिल्यै सकिँदैन।







डिसी नेपाल








Facebook Comment