डाँका र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति दश वर्षपछि पक्राउ

डिसी नेपाल
९ चैत २०८२ २१:२८
40
Shares

काठमाडौं। नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान टेकुको प्रहरी टोलीले सो उद्योगमा दोलखा जिल्ला अदालतबाट २०७४ साल पुसमा १० वर्ष कैद र एक लाख १८९ रुपैयाँ जरिवाना गरेपछि फरार रहेका दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ४० वर्षीय खिलबहादुर तामाङलाई आज पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले फरार रहेका तामाङलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *