नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना

डिसी नेपाल
२० कार्तिक २०७६ १८:१९

काठमाडौं । इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ ।

नेपालका लागि इन्डोनेशियाका राजदुत रीना सेमार्नोले इन्डोनिया सरकार नेपालसँग हवाईजहाज र त्यसका पार्टपूर्जा, पर्यटन व्यवसाय, कोइला र खाद्यान्नलगायतका व्यवसायिक सम्बन्ध विस्तार गर्न तत्पर रहेको बताएका हुन् ।

‘नेपाल–इन्डोनेशिया विजनेश फोरम’ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालसँग व्यापारिक सम्बन्ध अझै मजदुत बनाउन आफ्नो मुलुक लागि परेको पनि बताए ।

राजदुत सेमार्नोले नेपालले पनि आफ्नो मुलुकबाट हिन्दु र बौद्धमार्गी धार्मिक पर्यटक तथा हिमाल, पहाड र संस्कृति हेर्न नेपाल आउने पर्यटकहरुबाट फाईदा लिन सक्ने पनि बताए । टापुको देश र हिमालको देश जोडिए त्यसले दुवै देशलाई लाभ दिने राजदुत सेमार्नोको विश्वास थियो ।

कार्यक्रममा नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूत तथा व्यवसायी चन्द्र ढकालले विगत एक दशकमा इन्डोनेशियाले गरेको आर्थिक प्रगतिबाट नेपालले सिक्न सक्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा दुवै मुलुकका व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.